पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा सोमबार अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले साँझ ५ः१० बजे उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा परेका बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल र पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button